जोडिनुहोस
सोमवार, साउन ११, २०८३
सोमवार, साउन ११, २०८३
  • होमपेज
  • नेपाल एसबिआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल एसबिआई बैंक चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) लाई भारतीय चेम्बर अफ कमर्स (आईसीसी) ले चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ।

भारतको नयाँदिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६’ समारोहमा बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान प्राप्त गरेको हो।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खडिवडाले उक्त अवार्ड ग्रहण गरेका थिए।

बैंकका अनुसार यी सम्मानले लघु, साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन, सम्पत्ति गुणस्तर व्यवस्थापन, नाफा अभिवृद्धि तथा समग्र वाणिज्य बैंकिङ सेवामा बैंकले हासिल गरेको उत्कृष्ट कार्यसम्पादनलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको हो।

बैंकले यस अवसरमा आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवा गुणस्तर अझ सुदृढ बनाउँदै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका