जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एशियन लाइफको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

एशियन लाइफको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले गत माघ २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभाद्वारा पारित २ प्रतिशत नगद लाभांश माघ ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

त्यस्तै, उक्त मिति पश्चात बैंक खाता अद्यावधिक शेयरधनीको लाभांश पनि क्रमशः बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ । हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

शेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गतल भइ अरुको नाममा लाभांश रकम जम्मा भएमा सोको जिम्मेवार सम्बन्धित शेयरधनी आफै हुनुपर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

2760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?