जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नबिल बैंकमा एक साथ २ जना डेपुटी सीइओ

नबिल बैंकमा एक साथ २ जना डेपुटी सीइओ

नबिल बैंकमा अब २ जना डेपुटी सीइओ रहने भएका छन् । उक्त पदमा विनय रेग्मी र सुजित शाक्य नियुक्त भएसँगै बैंकमा २ डेपुटी सीइओ हुने भएका हुन् ।

बैंकले एक साता अघि विनय रेग्मीलाई डेपुटी सीइओ नियुक्त गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले उनलाई आन्तरिक बढुवाबाट डेपुटी सीइओ नियुक्त गरिएको बताए । उनी नबिलले हालै सुरु गरेको नबिल डिजी बैंकका प्रमुख समेत हुन् ।

त्यस्तै बैंकले सुजित शाक्यलाई पनि डेपुटी सीइओ नियुक्त गरिसकेको स्रोतले जनाएको छ । उनलाई बैंकको आइतबारको संचालक समिति बैठकले डेपुटी सीइओमा नियुक्त गरेको हो । नबिलमा डेपुटी सीईओमा नियुक्ति भएको शाक्यले पुष्टि गरेका छन्। ‘नियुक्ति भईसकेको छ, अब जोइन हुन बाँकी छ’ उनले भने।

शाक्य जनता बैंकको डेपुटी सीइओ थिए । जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि शाक्य ग्लोबलको डेपुटी सीईओ थिए । ग्लोबलबाट छोडेर उनी नबिल पुगेका हुन्।

5380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?