जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • फागुन महिनामा वाणिज्य बैंकहरूद्वारा १५ अर्ब निक्षेप संकलन

फागुन महिनामा वाणिज्य बैंकहरूद्वारा १५ अर्ब निक्षेप संकलन

गत फागुन महिनामा वाणिज्य बैंकहरूले थप १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस महिना कर्जा प्रवाह भने १४ अर्ब रुपैयाँ भएको छ। नेपाल बैंकर्स संघले दिएकाे पछिल्लो तथ्यांकमा साे कुरा उल्लेख छ। संघका अनुसार फागुन २७ गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै ४१ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। 

अघिल्लाे महिना माघको अन्त्यसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ११ अर्ब निक्षेप संकलन भएको तथ्यांक छ। साे अवधिमा कर्जा प्रवाह भने ४१ खर्ब ६५ अर्ब रुपैयाँ भएको थियो। गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। यस अवधिमा ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। त्यस्तै पछिल्लो एक सातामा वाणिज्य बैंकहरूबाट १ अर्ब रुपैयाँले ऋण प्रवाह बढेको छ। निक्षेप संकलन भने २ अर्ब रुपैयाँले बढेको बैंकर्स संघले जनाएको छ।

5580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका