जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कृषिमा रोजगारी सिर्जना गर्न सके स्वदेशमै बस्ने वातावरण बन्छ: सीईओ शाह

कृषिमा रोजगारी सिर्जना गर्न सके स्वदेशमै बस्ने वातावरण बन्छ: सीईओ शाह

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताएका छन् । 

आर एण्ड डी इनोभेटिभ सोलुशन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सीईओ शाहले उक्त कुरा बताएका हुन् ।

उक्त अवसरमा सीईओ शाहले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्नसक्ने वातावरण सिर्जना हुने बताए । सीईओ शाहले नेपालको कृषिलाई पुरानो शैलीबाट नभइ अब नयाँ प्रविधिबाट अघि बढाउन आवश्यक रहेको पनि बताए । उनले नेपालमा पर्यटन र कृषिको भविष्य राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय बैंकहरुले पनि कृषिमा लगानी गरिरहेको बताए । 

त्यस्तै नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए । उनले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताए । 

कार्यकारी निर्देशक शर्माले वास्तविक किसानहरुले सहुलियत र बिना धितो कर्जा कसरी पाउने भन्ने बारेमा सूचना फैलाउने काम गर्न पनि आवश्यक रहेको औँल्याए । शर्माले बैंकहरु कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।  

आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको हो । मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका