जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरले जाल्सनसँग गर्यो सहकार्य

सिटी एक्सप्रेस मनी ट्रान्सफरले जाल्सनसँग गर्यो सहकार्य

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मंगलबार जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन)सँगको सहकार्यमा स्टुडेन्ट मिट–२०२२ कार्यक्रम गरेको छ ।

कार्यक्रममा जाल्सनसँग आवद्य ४० भन्दा बढि इजुकेशन कन्सल्टेन्टिसीहरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिए । साथै जापान पुगे पश्चात आफुले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन आग्रह गरे ।

कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनीमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई ूसिटी आयो पुरस्कार ल्यायोू योजना अन्र्तगत जनही दश हजार पुरस्कार विधुतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा गरिएको छ ।
सिटी एक्सप्रेसले जाल्सनसँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागी हरेक वर्र्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।

6440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका