जोडिनुहोस
बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९
  • होमपेज
  • जग्गाको खण्डीकरण नियन्त्रण गर्ने प्रधानमन्त्री देउवाको घोषणा

जग्गाको खण्डीकरण नियन्त्रण गर्ने प्रधानमन्त्री देउवाको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले अव्यवस्थित सहरीकरण र जग्गाको खण्डीकरणलाई नियन्त्रण गर्ने बताएका छन् ।

जग्गा प्रशासनमा लिखत रजिस्ट्रेसनको वार्षिक समारोहमा बोल्दै प्रधानमन्त्री देउवा यस्तो जग्गाको खण्डीकरणलाई रोक्ने बताएका हुन् ।

‘पछिल्लो समय मानिसको बसाइसराइले अव्यवस्थित सहरीकरण समस्या बढ्दै गएको छ,नीति ल्याएर खण्डीकरण रोकिन्छ,’देउवाले भने ।
देउवाले नेपालको हिमाल र पहाडमा रहेको जग्गा बाँझो हुँदै गएकाले सरकारले उत्पादनमा जोड दिने उद्देश्यका साथ भू–उपयोग नीति अगाडि बढाएको बताए ।

उक्त भू–उपयोग नीतिले जग्गा खण्डीकरण रोक्ने र उत्पादन बढ्ने अपेक्षा गरेको उल्लेख गरे । साथै, सरकारले लिखत रजिस्ट्रेसनको १०० वर्ष पुगेकाले आगामी दिनमा जग्गा प्रशासनको कार्यलाई प्रविधिमैत्री र सुधार गर्दै लैजाने जिकिर गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका