जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • माछापुछ्रे बैंकको एम कार्ड : जहाँ पाइन्छ आफुले चाहेको डिजाइनमा डेबिट कार्ड 

माछापुछ्रे बैंकको एम कार्ड : जहाँ पाइन्छ आफुले चाहेको डिजाइनमा डेबिट कार्ड 

माछापुछ्रे बैंकले ‘एम कार्ड’ संचालनमा ल्याएको छ। यो सेवा अन्तर्गत ग्राहकलाई उनीहरुले चाहेको तस्विर सहितको डिजाइनमा उपलब्ध हुनेगरी ‘पर्सनलाइज्ड भिसा कार्ड’ उपलब्ध हुने बैंकले जनाएको छ। 

बैंककाअनुसार ग्राहकले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् । 

साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् ।

बैंकले हाल एम कार्ड लाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै सेवा ल्याएको हो। 

“हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”, माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने,  एम कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ”

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका