जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सन नेपाल लाइफको साधारण सभा बैशाख ९ गते हुने

सन नेपाल लाइफको साधारण सभा बैशाख ९ गते हुने

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । 

सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बीमा समितिले जीबन बिमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउन निर्देशन दिएसँगै सोही अनुसार पूँजी वृद्धि प्रस्ताव राखेको हो । कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । 

साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका