जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव समेत स्वीकृत गरेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोडको ३.६५१६ प्रतिशतले हुने रु १२ करोड ५२ लाख बराबरको बोनस सेयर र कर भुक्तानीका लागि ०.१९२२ प्रतिशतले हुने रु. ६५,लाख ९३ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो। यससँगै बैंकको चुक्ता पूँजी रु. ३ अर्ब ५५ करोड ६२ लाख पुगेको छ।

सभाले आर्थिक वर्ष ०८०/८१ का वित्तीय विवरणहरू, लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्तावहरू पनि अनुमोदन गरेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको बैंकले आगामी दिनमा अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

बैंकको सफलता र विश्वासका लागि सबै सेयरधनी, ग्राहक, र कर्मचारीलाई धन्यवाद दिँदै प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले साधारण सभाको औपचारिक समापन गरे।

1955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका