जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कोरोना कहरबीच राष्ट्रिय स्तरका आठ विकास बैंकको नाफामा चमत्कार, मुक्तिनाथ विकास बैंक अर्बपति क्बलमा

कोरोना कहरबीच राष्ट्रिय स्तरका आठ विकास बैंकको नाफामा चमत्कार, मुक्तिनाथ विकास बैंक अर्बपति क्बलमा

कोरोना कहरबीच राष्ट्रिय स्तरका आठ विकास बैंकको नाफामा चमत्कार, मुक्तिनाथ विकास बैंक अर्बपति क्बलमा पुगेको देखिन्छ । यसका साथै महालक्ष्मी विकास बैंकमा नयाँ सीइओ बोधराज देवकोटा आएपछि बैंकले काँचुली फेरेको छ । बैंकको नाफा बढेर ७१ करोड ४२ लाख ८५ हजार ३९६ रुपैयाँ पुगेको भेटिएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव, वाणिज्य बैंकसँग ब्याजदरमा प्रतिस्पर्धाका बावजुद पनि विकास बैंकको नाफामा सुधार देखिएको हो ।
गत आर्थिक वर्षमा ८ विकास बैंकको नाफा ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा नाफा ९.६८ प्रतिशतले बढेर ४ अर्ब ९३ करोड ५९ लाख ६२ हजार १९८ रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार ८ वटा राष्ट्रिय स्तरका बैंकमध्ये २ वटाको नाफा बढेको छ भने ६ वटाको नाफा घटेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कामना सेवा विकास बैंक र ज्योती विकास बैंक बाहेकका अन्य बैंकको नाफा बढेको छ । गत आवको तुलनामा सबैभन्दा बढी महालक्ष्मी बैंकको नाफा ७६.९७ प्रतिशतले बढेको छ । १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउनेमा भने मुक्तिनाथ विकास बैंक छ । महालक्ष्मी विकास बैंकको नाफा अघिल्लो आवको चैत मसान्तसम्मको तुलनामा ७६.९७ प्रतिशतले बढेर ७१ करोड ४२ लाख ८५ हजार ३९६ रुपैयाँ पुगेको छ ।

लुम्बिनी विकास बैंकको नाफा २०.४९ प्रतिशतले बढेर ५१ करोड ६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेर ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ पुगेको छ । सांग्रिला विकास बैंकको नाफा १३.९३ प्रतिशतले बढेर ४० करोड ६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । साइन रेसुङ्गा विकास बैंकको नाफा ८.१२ प्रतिशतले बढेर ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
मुक्तिनाथ विकास बैंक नाफा १ अर्ब रुपैयाँभन्दा बढी भए पनि गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १.४९ प्रतिशत मात्रै नाफा बढेको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकको नाफा १ अर्ब २ करोड ६ लाख २७ हजार ५० रुपैयाँ नाफा छ भने गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५६ लाख ३० हजार ९२ रुपैयाँ थियो ।

ज्योति विकास बैंकको नाफा पनि १४.४० प्रतिशतले घटेर ५१ करोड ५७ लाख ३२ हजार ३५५ रुपैयाँ छ । कामना सेवा विकास बैंकको नाफा १३.९५ प्रतिशतले घटेर ५० करोड ४५ लाख ३३ हजार ४०३ रुपैयाँ नाफा कमाएको छ ।

5345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्