जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एटीएम कार्ड छुट्यो ? नो टेन्सन ! कार्ड बिना पनि निस्किन्छ पैसा

एटीएम कार्ड छुट्यो ? नो टेन्सन ! कार्ड बिना पनि निस्किन्छ पैसा

अचेल शहरी क्षेत्रमा जताततै क्यूआर भुक्तानी हुने भएकाले धेरै मानिसहरुले पर्सलाई बाक्लो बनाएर एटीएम कार्ड बोक्नै छाडिसके । कहिले स्क्र्याच हुने त कहिले कार्ड हराउने समस्या यसै पनि भइ नै हाल्यो । कतिपय मानिसहरुलाई त कामको सिलसिलामा होस् वा व्यक्तिगत र पारिवारिक कारणले पनि कुन बेला कहाँ पुग्नु पर्छ भन्ने निश्चय नै हुँदैन ।

यस्तो अवस्थामा एटीएम कार्ड छुट्ने संभावना पनि रहन्छ । जागिर फेरिरहने मानिसहरुको पीडा फेरि बेग्लै छ । उनीहरुको अफिस फेरिएसँगै बैंक खाता पनि फेरिन्छ । फरक फरक अफिसले फरक फरक बैंकमा ‘तलव खाता’ सञ्चालन गर्छन् । जसले गर्दा एटीएम कार्डको ‘भारी’ नै बोक्नुपर्ने हुनाले पनि असहजता भइरहेको हुन्छ ।

कसैकसैले त एटीएम कार्डको अतिरिक्त शुल्क बचाउन पनि कार्ड लिएकै हुँदैनन् । यस्ता कयौं समस्याहरुबाट गुज्रिनुपर्ने दिन अब गए ।

बैंकहरुले मोबाइल बैंकिङमार्फत् अब कार्ड बीना नै एटीएम बूथबाट पैसा निकाल्न सकिने व्यवस्था गरिसकेका छन् । व्यवसायको आकार र प्रविधिको तादात्म्य मिलाउन नेपाली बजारमै अग्रणी देखिएको नबिल बैंकले यस्तै खाले सुविधा दिइरहेको छ ।

बैंकको मोबाइल एप ‘एन बैंक’मा गएर कार्ड बिनानै एटीएमबाट पैसा निकाल्न मिल्छ । यसका लागि एप खोलेर ‘मोबाइल क्यास’ अप्सनमा जानुपर्छ । त्यसमा प्रवेश गरिसकेपछि कति पैसा निकाल्न चाहेको हो, त्यो अंक थिच्नुपर्छ । त्यसपछि ग्राहकको मोबाइलमा ओटीपी (वान टाइम पासवर्ड) आउँछ ।

त्यसपछि एटीएम बूथमा ‘कार्डलेस विथड्रल’ भनिएको ‘की’ थिच्नुपर्छ । त्यो अप्सनमा गएर मोबाइलमा आएको ओटीपी थिचिसकेपछि एटीएमले पैसा दिन्छ ।

अब पहिलेजस्तो एटीएम कार्ड नै छिराएर, पिन नम्बर डायल गरेरमात्रै पैसा निकाल्नुपर्ने बाध्यता हटेको छ । यस्तो कार्डलेस बैंकिङले ग्राहकलाई पनि असाध्यै सजिलो भएको छ ।

काठमाडौंको मनमैजु बस्ने सुनिता बस्नेत यो सुविधाबाट आफूले निकै ठूलो राहत पाएको बताउँछिन् । ‘मसँग थुप्रै बैंकको कार्ड थियो । छुट्टाछुट्टै कार्डको पिन नम्बर पनि बेग्लै बेग्लै भयो । तर पिन हान्दा बिर्सिएर एउटा बैंकको कार्डमा अर्कोको पिन हानिने रहेछ’ उनले सुनाइन्, ‘तीन पल्ट पीन हानेपछि ब्लक हुन्थो । बैंकको शाखामै पुगेर फारम भरेर खोल्नुपर्ने झण्झट थियो ।’

उनले कत्ति पल्टसम्म यस्तो दुःख पाएको सुनाइन् । पहिले पहिले त केही बैंकहरुले पीन ‘रिसेट’ गरेको पनि पैसा काटिदिन्थे । दुःख पनि र घाटा पनि । त्योभन्दा ठूलो समस्या त आवस्यक परेको बेलामा पैसा निकाल्न नपाएर ज्यादै अप्ठेरो भोगेको उनीसँग तीतो विगत छ ।

‘एक पल्ट अस्पतालमा आमालाई टोकनको लाइनमा राखेर एटीएम गएको, त्यसै गरी पीन नमिलेर ब्लक भयो’, उनले भनिन्, ‘बल्लतल्ल साथिलाई बोलाएर पैसा मगाएँ । त्यो साथि नभेटिएको थियो अथवा उसले पैसा नदिएको थियो भने म विरामी आमालाई नजँचाई घर फर्किनु पर्ने बाध्यता हुनसक्थ्यो ।’

अहिले सीतापाइला बस्ने धादिङका हरि अधिकारीले चाहीँ यस्तै समस्या भोग्नुपर्ला भनेर आफूसँग भएका सबै एटीएमको पीन नम्बर एउटै राखे । तर केही समयअघि उनी अकस्मात् धादिङ बेशी जानु पर्ने भयो । उनी धादिङ पुगेर कार्डबाट पैसा झिक्न गए । तर ठ्याक्कै त्यही बेला एटीएम कार्डको म्याद सकिएको रहेछ । उनलाई त्यसको होसै थिएन ।

अधिकारी तनावमा परे । उनले एटीएम बुथको सुरक्षा गार्डलाई गुनासो गरे । सुरक्षा गार्डले ‘एन बैंकको एप’बाट पैसा निकाल्न मिल्ने जानकारी दिएपछि उनले त्यही गरे । एटीएमबाट पैसा झर्दाबित्तिकै उनको तनावको पहाड पनि त्यहीँ ढलिहाल्यो । उनी फुरुङ्ग भए ।

उनले पनि कार्ड चलाउँदा सजिलोमात्रै भोगेका थिएनन् । २ वर्ष अघि अर्को एउटा बैंकको कार्ड उनीसँग थियो । तिहारको बेला घर जानलाई खर्च निकाल्न भनेर उनले नगद झिक्न एटीएममा कार्ड घुसाए । खातामा कति पैसा छ भनेर हेरेरमात्रै नगद निकाल्ने योजनामा उनले कार्ड घुसाए । तर पैसा जाँचेपछि कार्ड मेसिनबाट बाहिरै आएन । उनले भोलिपल्टमात्रै कार्ड हात पार्न सके । यही कारण उनी घर पुग्न एक दिन ढिला भयो ।

‘यो कार्डलेस सीस्टमले त साह्रै सजिलो हुने रहेछ । थुप्रै तनाव हट्ने रहेछ’ उनी भन्छन् । तर नेपालमा नबिलमात्रै होइन, अरु केही बैंकहरुले पनि यस्तो ‘कार्डलेस’ फिचर ल्याइसकेका छन् । तर यस्तो प्रणालीको धेरै मानिसले अझै पनि उपयोग गरिसकेका छैनन् ।

पछिलो समय नेपाली वित्तीय प्रणालीको डिजिटलाइजेशन ह्वात्तै अघि बढेको छ । नयाँ र सहज तौरतरिकाहरु विकास भइएका छन् । अब बैंकका ग्राहकहरुले यस्ता प्रविधिको उपयोगलाई बढाउनु पर्ने नबिल बैंकका डिजिटल बैंकिङ प्रमुख परमेश्वर श्रेष्ठ बताउँछन् ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?