जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सात दिनदेखि बेखर्ची सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सात दिनदेखि बेखर्ची सरकारलाई खर्च गर्ने बाटो खुल्यो

दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी छन्। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रमाणित गरी आज विधेयक राष्ट्रपति कार्यालय पठाएका थिए। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गरेकी छन्। सरकारलाई अब बजेट खर्च गर्न बाटो खुलेको छ।

बजेट पारित नहुँदा सात दिनदेखि सरकार बेखर्ची भएको थियो। यसले कर्मचारीको तलब भत्ताका साथै सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत सबै रोकिएको थियो। काम गरेका ठेकेदारहरुले पनि पैसा पाएका थिएनन्।

अर्थमन्त्री जनार्दन शर्मा पौडेलले पेश गरेको विनियोजन विधेयक-२०७८ प्रतिनिधिसभाबाट असोज ४ गते बहुमतले पारित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बीच विनियोजन विधेयक पारित भएको थियो।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेम सुवाल मात्र सहभागी भएका थिए। बैठकमा सुवालले विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमा रहेका खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत गर्दै विनियोजन विधेयक पारित भएको थियो।

राष्ट्रियसभाको बिहीबारको बैठकले एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो। 

अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। अघिल्ला वर्षहरुमा विनियोजन विधेयक छलफल एक सातासम्म हुने गरेको थियो। यस पटक अवरोधका बीच एकै दिनमा विधेयक पारित भएको हो।

4695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका