जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महालक्ष्मी बैंकद्वारा प्रतिक्षालय निर्माण

महालक्ष्मी बैंकद्वारा प्रतिक्षालय निर्माण

महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको पालुङ शाखाले थाहा नगरपालिका वडा नं २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।

बैंकले बैशाख ९ गतेका दिन सो प्रतिक्षालयको समुद्घाटन कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्षालयको उद्घाटन प्रमुख अतिथि एवम् थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गरेका थिए भने बैंकले उद््घाटन समारोहकै अवसरमा थाहा नगरपालिका वडा नं २ कार्यालयलाई उक्त प्रतिक्षालय हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लगायत वडा कार्यालयका २ का अध्यक्ष, स्थानीय विद्यालयका प्रतिनिधिहरु, नेपाल रेडक्रश सोसाइटी पालुङ शाखाको प्रतिनिधि, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

बैकले उक्त प्रतिक्षालयले धेरै भन्दा धेरै यात्रुहरुलाई लाभ दिने अपेक्षा गरेको छ र आगामी दिनहरुमा पनि स्थानीय हितका लागि अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ

7205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका