जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकले नेपालगञ्जमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले नेपालगञ्ज उपनगरपालिका–१२ सुर्खेत रोडबाट वडा–२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । मंगलबार आयोजित कार्यक्रममा उक्त शाखाको उद्घाटन गरिएको छ ।

बैंका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराए । उनले बैंकले आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने शाखाका प्रबन्धक कोमल बिष्ट बताए ।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका