जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रसिया-युक्रेन युद्धका कारण महंगी बढ्छः गभर्नर अधिकारी

रसिया-युक्रेन युद्धका कारण महंगी बढ्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर अधिकारीले
कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई बलियो बनाउन लचिलो मौद्रिक नीति ल्याएको दाबी गरे ।

चालु आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा अर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताए ।

घर जग्गा, सेयर धितो कर्जालगायत विभिन्न कर्जाको जोखिम भार बढाएको पनि जानकारी गराए । रसिया युक्रेनको युद्धको कारण नेपालमा पनि केही समय मूल्य बढ्ने समेत बताए ।

उनले तरलतामा देखिएको समस्या समाधानका लागि ४१३ अर्ब रुपैयाँ रिपो जारी गरेको र अहिलेसम्म करिब ६ खर्ब बैकलाई तरलता प्रवाह गरेको बताए ।

उनले फागुनमा बेसरेट ८.५८ प्रतिशत रहेको बताए ।

अधिकारीले कोरोनाले पारेको असर कम गर्न बैंकले आवश्यक प्रकृया पूरा गरी ऋण नवीकरण गर्न पाउने व्यवस्था गरेको बताए । यस्तै, बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतमात्रै नगद लाभांश दिन पाउने व्यवस्था गरेको जानकारि गराए ।

नागरिक बचतपत्र अब विद्युतीय माध्यमबाट पनि लिन सकिने जानकारी गराए । उनले अझै केही समय विदेशी विनमय सूचक टाइट रहने बताए ।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?