जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • खल्तीबाट १ रुपैयाँ मै हवाई टिकट खरिद गर्न सकिने

खल्तीबाट १ रुपैयाँ मै हवाई टिकट खरिद गर्न सकिने

फ्लाइट टिकेटमा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले  रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर कार्यान्वयनमा ल्याएको छ। कम्पनीले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर ल्याएको हो। 

यस अफर मार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन्। साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ। 

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ। 

4650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?