जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाईफले व्यतित बीमालेखमा ब्याज छुट दिने

एशियन लाईफले व्यतित बीमालेखमा ब्याज छुट दिने

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै व्यतित बीमालेखमा ब्याज छुट दिने जनाएको हो ।   

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ– यस कम्पनीबाट जारी गरिएका तथा नियमितरुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण मिति २०७७ साल जेड ११ गतेदेखि व्यतित भएका जीवन बीमालेखहरु २०७९ साल जेठ १२ गतेदेखि आगामी असार १५ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्क (ब्याज)मा ५० प्रतिशत छुट प्रदान गरिनेछ । 

जसका लागि कम्पनीले विभिन्न शर्तहरु समेत राखेको छ । जसमा २०८० साल जेठ ११ गते भन्दा अगाडी परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट प्रदान गरिने छैन । त्यस्तै, एक पटक ब्याज छु लिइसकेका बीमितहरुलाई बीमा अवधिभर पुनः ब्याज छुट प्रदान गरिने छैन । यहि जेठ ११ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र यस्तो छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।   

4500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?