जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गरिमा विकास बैंकः सामाजिक उत्तरदायित्व बहनमा अब्बल

गरिमा विकास बैंकः सामाजिक उत्तरदायित्व बहनमा अब्बल

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक सामाजिक उत्तरदायित्व बहनमा पनि त्यत्तिकै अब्बल बन्दै गएको छ । बैंकले हालै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ ।

यस विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै आईरहेको छ ।

हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेको हो ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल ज्यूले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि बैंकले विभिन्न सामाजिक क्षेत्रमा सहयोगका सहयोग गर्दै आएको छ । हाल, गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?