जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँबराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र’ निष्कासन तथा बिक्री प्रबन्धका रुपमा काम गर्ने भएको छ।

बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

बैंकले प्रतिइकाइ १ हजार रुपैयाँका दरले २० लाख इकाइ ऋणपत्र बिक्री गर्ने जनाएको छ। जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँबराबरको ८ लाख इकाइ सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख यकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

१० वर्षअवधिको यो ऋणपत्रमा वार्षिक ५.५०% दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुनेछ।

5475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार