जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिबिआईएल क्यापिटलको नयाँ योजना सुचारु

सिबिआईएल क्यापिटलको नयाँ योजना सुचारु

 सिबिआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सिबीआइइएल प्रिभिलेज पीएमएस सुचारु गरेको छ । विगत लामो समय देखि ग्राहकहरुलाई लगानी व्यवस्थापन सहित अन्य सेवाहरु प्रदान गर्दै आएको यस क्यापिटलले ग्राहकवर्गहरुको ध्यानलाई मध्यनजर गर्दै उच्च प्रतिफल तथा सर्वोत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यका साथ यो योजना तयार पारेको हो । 

यस योजनाको न्युनतम लगानी १० लाख रहेको छ भने न्युनतम अवधि २ वर्षको रहेको छ । लगानी रकमको आधारमा ०.९० प्रतिशत वा सोभन्दा बढी सेवा शुल्क रहेको छ ।  Hurdle Rate १० प्रतिशत रहेको छ । पर्फमेन्स फि प्रतिफलको आधारमा १० प्रतिशत भन्दा माथिको रहेको छ । 

योजनाका विशेषताहरु दक्ष तथा योग्य जनशक्ति द्वारा संचालित, ग्राहकको जोखिम बहनका आधारमा Customized लगानी व्यवस्थापन सेवा, अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने रहेको छ । त्यसैगरी, बजारको साप्ताहिक प्राविधिक विश्लेषण प्रतिवेदन, मासिक रुपमा वृहत आर्थिक सूचकहरुको प्रतिवेदन, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन र शेयर बजार सम्बन्धि निशुल्क तालिम (१० वा सो भन्दा बढी लगानीकर्ताको समूहका लागि) रहेको छ । 

यस सिबीआइइएल प्रिभिलेज पीएमएस योजनाले लगानीकर्ताहरुलाई बजारमा जोखिम कम लिएर आफ्नो लगानीलाई सुरक्षित साथ अगाडि बढाउन मद्दत गर्नेछ । कम्पनीका दक्ष जनशक्तिले कम्पनीले अवलम्बन गरेको निति तथा नियमको अधिनमा रहि बजारमा आउने  उतार चढावलाई अवसरका रुपमा बदल्न मद्दत गर्नेछन् ।

यो सेवा लिनको लागि ग्राहकहरुले सि.बि.आई.एल क्यापिटल लि.,बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लि. को डिल्लीबजार स्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । साथै यस योजना सम्बन्धी थप जानकारीको लागि मोबाइल नंः ९८१८९७०९२२ वा इमेल  [email protected]मा सम्पर्क गर्न सक्नेछन् ।

3370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?