जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पोखरामा नेटा भी विद्युतीय गाडी बेच्न सिजी मोटर्सको शोरुम

पोखरामा नेटा भी विद्युतीय गाडी बेच्न सिजी मोटर्सको शोरुम

पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका महामहिम राजदुत चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङ ले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना ब्यक्त गरे । उक्त उद्घाटन समारोहमा सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

राजदुत चेन सङ ले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभी गाडी को फाईदा धेरै नै रहेको कुरा ब्यक्त गरे । नेपालमा ग्रीन इेनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले शाहयोग गर्ने बताए ।

साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए । सर्वजनिक यातायातमा इभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकाय को ध्यानाकर्षण गराए ।

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्नेछन् । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन छ । इ भि ट्याक्सी र माईक्रोबसको सफलतरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माईक्रो बसहरु उपलब्ध हुनेछन् ।

उक्त कार्यकरममा पोखराका लागि पहिलो इभि ट्याक्सी साथै,पहिलो बिद्युतीय माइक्रो बसको चीनका राजदुत सङले हस्तान्तरण गरे ।

पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सले जनाएको छ ।

यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन ९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भी मा विश्वको ठुलो ब्याट्री निर्माण कम्पनी सिएटिएल ब्याट्रीको प्रयोग भएको छ ।

सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् । साथै गण्डकी प्रदेशमा इभि ट्याक्सी र बिद्युतीय माईक्रो बसका लागि सीजी मोटर्सले अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।

1205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका