जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • युनियन लाईफ इन्स्योरेन्सद्वारा पुनको परिवारलाई १० लाख ७० हजार मृत्यु दाबी भुक्तानी

युनियन लाईफ इन्स्योरेन्सद्वारा पुनको परिवारलाई १० लाख ७० हजार मृत्यु दाबी भुक्तानी

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ बिहुँकोट का मृतक ईन्द्र बहादुर पुनको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको १० लाख ७० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । गत श्रावण पाँच गते  घाँस काट्न खरबारिमा पुगेका पुन सोही क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।

मृतक पुनको परिवारमा श्रीमति, तीन छोरि, एक छोरा गरि ६ जना को परिवार थियो भने आर्थिक अवस्था कमजोर रहेको थियो । मृतक पुनले किसानि गरेर जेनतेन परिवारको गुजारा चलाइरहेका थिए । युनियन लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ शाखाको टिमले मृतकको घरमै गएर एक कार्यक्रमको आयोजना गरि मृतक पुनकी श्रीमती जमुना पुनलाइ उक्त बीमा दुर्घटना दाबी रकम हस्तान्तरण गरेको थियो । मृत्यु दाबी भुक्तानी गर्दै कम्पनिका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतमले बीमालाई सामान्य रुपमा लिने प्रचलन रहेकाले अझै पनि समाजमा यसबारे जनचेतना फैलाउनु पर्ने आवस्यकता रहेको बताए ।

गौतमले आफ्नो बीमा गरि भैपरी आउने जोखिम बीमा कम्पनिलाइ हस्तान्तरण गरि सुरक्षीत हुन सम्पुर्ण नेपालिलाइ आग्रह समेत गरेका छन ।सो अवसरमा कम्पनिका बाग्लुङ शाखा प्रबन्धक कमल सापकोटाले जीवन बीमाको  महत्त्व र  कम्पनिका बीमा योजनाहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा वार्ड नम्बर ५ का वार्डअध्यक्ष शिव प्रसाद कंडेल, अमर माध्यामिक बिद्यालयका प्रधानाध्यापक भीष्म कंडेल, एजेन्सी म्यानेजर प्रकाश कुवर, समाजसेवी प्रेम पुन लगायतले बोलेका थिए ।युनियन लाईफ इन्स्योरेन्स कम्पनी  बाग्लुङ शाखाका शाखा प्रबन्धक कमल सापकोटाको अध्यक्षतामा  सम्पन्न कार्यक्रमको स्वागत सिनियर एजेन्सी म्यानेजर तथा एम डि आर टि नानिमाया सापकोटा र संचालन एजेन्सि म्यानेजर राजु सापकोटाले गरेका थिए ।

5355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका