जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा धनुषाको रमदैया भवाडीमा

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा धनुषाको रमदैया भवाडीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा यहि आषाढ ०३, गतेबाट ९४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

4670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका