जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सेञ्चुरी बैंकले ल्यायो हाईब्रिड बचत खाता, यस्ता छन् विशेषता

सेञ्चुरी बैंकले ल्यायो हाईब्रिड बचत खाता, यस्ता छन् विशेषता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम १ लाखमा खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ ।

यो खाता बैंकका सम्पुर्ण शाखाहरुबाट खोल्न सकिनेछ । आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

4350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका