जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल

बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल

मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो ।

यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको कम्पनी उच्च स्रोतले बताएको छ ।

‘हाम्रो योजना अनुसार सबै सरकारी काम समयमै सकिएमा बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्छौं,’ उच्च स्रोतले विकासन्युजसँग भन्यो ।

बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अब कम्पनी रजिष्टार र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृत पाउनु पर्ने हुन्छ । मर्जरसम्बन्धी व्यवस्थाअनुसार कम्पनीले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकीकृत कारोबार गर्नु पर्छ ।

दुई कम्पनीबीच भएको सहमति अनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सका हुने छन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।

मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । साथै, कम्पनीले कर्मचारी समायोजन पनि बराबरी हैसियतमा गर्ने भएका छन् ।

यससँगै मर्जरपछि बनेको आइजीआई प्रुडेन्सियल पुँजीसँगै प्रिमियम, नाफा लगायतका अधिकांश सूचकमा पहिलो निर्जीवन बीमा कम्पनी बन्ने स्रोतको दावी छ । ‘आगामी वर्षमा हामी औपचारिक रुपमा नम्बर वान कम्पनी हुने छौं । मर्जपछि कम्पनीको व्यवसाय, सेवा सुविधा थप विस्तार गरी सेयरधनीलाई उचित प्रतिफल वितरण गर्ने हाम्रो योजना छ,’ स्रोतले भन्यो ।

त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने कम्पनीको विश्वास छ ।

नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका हुन् । क्रसहोल्डिङ रहेका यी दुई निर्जीवन बीमा कम्पनीले छोटो समयमै मर्जरको प्रकृया सम्पन्न गरिसकेका छन् । र, मर्जर शुरु गरेको तीन महिनाभित्रमा कम्पनीले एकीकृत कारोबार समेत गरिसक्ने छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका