जोडिनुहोस
शुक्रबार, भदौ ३, २०७९
शुक्रबार, भदौ ३, २०७९
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्स २७ औ वर्षमा प्रवेश, विगत १० वर्षमा मात्रै साढे ९ अर्बको दाबी

सगरमाथा इन्स्योरेन्स २७ औ वर्षमा प्रवेश, विगत १० वर्षमा मात्रै साढे ९ अर्बको दाबी

सगरमाथा इन्स्योरेन्स कम्पनी २६ वर्ष पुरा गरी २७ औ वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रको इतिहासमै नेपालमा पहिलो पटक वैदेशिक लगानी भित्र्याउन सफल यस कम्पनी श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसि सँग संयुक्त लगानीमा संचालित छ । कम्पनीले २६ वर्ष अगाडी आजैका दिन अर्थात २०५३ साउन २ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

कम्पनीले सुगमदेखि अति दुर्गम क्षेत्रमा ८० भन्दा धेरै वटा शाखा मार्फत आफ्नो सेवा प्रवाह गर्न सफल रहेको छ । कम्पनीले मोटर बीमामा दुर्घटना स्थलमै दाबी फर्छ्यौट गर्ने गरी सञ्चालनमा ल्याएको ‘सगरमाथा भिआइपी अन दि स्पट’ कार्यक्रमलाई देशका मुख्य शहरी क्षेत्रमा विस्तार गरिरहेको छ ।

स्थापनाकालदेखि आजसम्म कम्पनीले नेपाली बीमा बजारमा आफ्नो बिशिष्ठ छाप छोड्दै समय समयमा इनोभेटिभ प्रोडक्टहरु प्रचलनमा ल्याउदै बीमा व्यवसायको प्रगतिमा कहिलै पछाडी फर्केर हेर्न नपर्ने अवस्थालाई स्थापित गरेको छ ।

नेपालको निर्जीवन बीमा बजारको क्षेत्रमा आफुलाई एक अब्बल कम्पनीका रुपमा उभ्याउन सफल यस कम्पनीलाई आगामी दिनमा अझै प्रविधि मैत्रि, गुणस्तरीय, विश्वासिलो र बीमितको सेवामा थप समर्पित हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ । २६ औ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ग्राहकहरुबाट प्राप्त स्नेश, सहयोग र सद्भावनाको लागि कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले २ लाख ४७ हजार वटा बीमा पोलिसी जारी गरेको छ । नेपाल अधिराज्यभर ८६ वटा शाखा कार्यालय र ४३७ कर्मचारी मार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

विगत १० वर्षको अवधिमा कम्पनीले साढे ९ अर्ब भन्दा माथिको दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा मात्रै कम्पनीले एक अर्ब ८४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस भन्दा अघिल्लो वर्षमा कम्पनीले एक अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?