जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया अगाडी बढ्यो

अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया अगाडी बढ्यो

सरकारले अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्ने प्रक्रियालाई अगाडी बढाएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तव्यमा भएको व्यवस्था लागु गर्ने सन्दर्भमा यस्तो प्रक्रिया शुरु गरिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आवको बजेट वक्तव्य मार्फत अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाउने नीतिगत घोषणा गरेका थिए  ।

सोही नीतिको कार्यान्वयनका लागि कार्यालयले कम्पनी दर्ता एवं खारेजी सम्बन्धी सेवा लिनको लागि हुलाक सेवामार्फत काम हुने गरी कार्यढाँचा निर्माण गर्न लागेको हो । यस्तो प्रक्रियापछि अब उप्रान्त सेवाग्राही भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने आवश्यकता हुँदैन ।

सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन सरकारका निकायहरुबीच सेवाग्राही कम्पनी सम्बद्ध सूचनाहरु आदान प्रदान गर्न र एउटै कागजात विभिन्न सरकारी निकायहरुमा पटक पटक पेश गर्नु पर्ने हैरानीबाट मुक्ति दिलाउन यसो गरिएको सो कार्यालयले जनाएको छ ।

यसबाट कम्पनी सम्बद्ध अभिलेखको शुद्धिकरण र गुणस्तर अभिवृद्धि एवं सूचना प्रविधि सम्बद्ध पूर्वाधारहरूको तैयारी गर्ने जस्ता कार्य कार्यालयले प्राथमिकताका साथ सम्पादन गर्ने पनि रजिष्ट्रार कार्यालयको भनाई छ ।

Dear Sir

650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका