जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नयाँ वर्षमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा आजीवन १००% छुट

नयाँ वर्षमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा आजीवन १००% छुट

प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालालाई वार्षिक शुल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ।

“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म सञ्चालनमा आउने जनाएको छ। यो अवधिभित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाइदा आजीवन वार्षिक शुल्कमा १००% छुट पाउन सक्नेछन्।

ग्राहकले रु. ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्। रु. ३ लाख ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि डिम्याट खाता खोली यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका