जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रेस युनियनको महासचिवमा अर्यालको बलियो दाबेदारी

प्रेस युनियनको महासचिवमा अर्यालको बलियो दाबेदारी

नेपाल प्रेस युनियनको महासचिवमा पत्रकार नकुल अर्यालले दावेदारी पेश गरेका छन् । डेढ दशकदेखि व्यवसायिक पत्रकारितामा सक्रिय अर्याल नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं प्रेस युनियन काठमाडौं शाखा पूर्व अध्यक्षसमेत हुन् ।

चुनावका बेलामा मात्रै अधिकारका कुरा नगरी पत्रकारको हकहितका लागि सधै सक्रिय रहने प्रतिवद्धतासहित अर्याल महासचिवको उम्मेदवार बनेका हुन् । लोकतन्त्रवादी पत्रकारहरुको संस्था युनियनको नवौं महाधिवेशन यही साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु नै आफ्नो उम्मेदवारीको कारण रहेको अर्यालको भनाई छ ।

‘डेढ दशक लामो पत्रकारिताका दौरान देखे भोगेका समस्याहरुको समाधान गर्न प्रेस युनियनलाई सक्रिय राख्नु नै मेरो उद्देश्य हो । यही उद्देश्यभित्र निहित सबै लक्ष्य हासिल गर्न महासचिवका रुपमा काम गर्न चाहन्छु’, अर्यालले भनेका छन् । प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्ने अर्यालको भनाई छ ।

पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अर्यालले पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गरेका थिए ।

पत्रकारिता क्षेत्रमै देखिएका विकृतिहरुलाई निर्मूल पार्न पनि युनियनजस्ता संस्थाहरु सक्रिय हुनुपर्ने अर्याल बताउँछन्  । युनियन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध नेपालकै अग्रणी संस्थाको रुपमा रहेकोले सदस्यहरुको वृत्तिविकास र अवसर वृद्धिमा युनियनले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा अर्यालको जोड रहेको छ ।

सरकारी स्वामित्वका सञ्चारमाध्यमका सेवाहरु निःशुल्क हुनुपर्ने एजेण्डा पनि पत्रकारिता क्षेत्रमा प्रवेश गराउने अर्याल नै हुन् । उनले महासंघको केन्द्रीय सदस्य छँदा राज्यले सूचनाको बिक्रीवितरण गर्न नमिल्ने भन्दै राष्ट्रिय समाचार समिति लगायत सरकारी स्वामित्व रहेका सेवा निशुल्क गर्न लिखित प्रस्ताव गरेका थिए ।

प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले चितवनकै सिनर्जी एफ.एम. र आक्रमण साप्ताहिकमा पनि काम गरेका थिए ।

काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव अर्यालसँग छ ।

2960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?