जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा

प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा

प्रभु बैंकले १००० जना कर्मचारीको बढुवा गरेको छ । उच्च व्यवस्थापन अर्थात् कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित १००० कर्मचारीको बढुवा गरेको हो ।

सहायक महाप्रवन्धक रहनुभएका थकालीलाई एक तह बढुवा गरी नायव महाप्रबन्धक बनाइएको छ । त्यस्तै, यसअघि चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मी पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।

त्यस्तै, एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारी छन् ।

सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीहरुको बढुवा गरेको हो । कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकनका आधारमा एक तह बढुवा गरिएको बैंकको मानव संशाधन शाखाले जनाएको छ ।

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका