जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाले भदौ १२ बाट ४ प्रतिशत सीआरआर अनिवार्य राख्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले भदौ १२ बाट ४ प्रतिशत सीआरआर अनिवार्य राख्नुपर्ने

बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मौद्रिक नीतिमार्फत सीआरआरको सीमा १ प्रतिशतले बढाएको हो ।

मौद्रिक नीतिलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले संशोेधन तथा परिमार्जनसहितको एकीकृत निर्देशन जारी गर्दैै भदौ १२ गतेबाट ४ प्रतिशत सीआरआर राख्न भनेको हो ।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आफ्नो कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात राष्ट्र बैंकमा राख्नुपर्नेछ । यस्तै अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ। यसअघि यी तीन तहका वित्तीय संस्थाहरुले आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत अनिवार्य नगद मौज्दात राष्ट्र बैंकमा राख्दै आएका थिए ।

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका