जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको गोरथली र ज्यामिरगढीमा शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकको गोरथली र ज्यामिरगढीमा शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवा २ सय २० पुगेको छ।

गोरथली बैंकिङ सेवाको प्रतिनिधिमा साङे शेर्पा र ज्यामिरगढीको प्रतिनिधिमा तीर्थराज काफ्ले नियुक्त भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले बैंकिङ सेवा लिन सक्नेछन्।

बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, विभिन्न टेलिफोनको महसुल भुक्तानी र मोबाइल रिचार्ज सेवा लिन सकिनेछ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन यो सेवा सुरुवात गरिएको बैंकले जनाएको छ।

11125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका