जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • चार करोडको मागदावी सहित १८ सहकारी विरुद्ध उजुरी

चार करोडको मागदावी सहित १८ सहकारी विरुद्ध उजुरी

सहकारी विभाग काठमाडौंमा काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका १८ वटा सहकारी विरुद्ध तीन महिनाको अवधिमा १८ वटा ठगीको उजुरी दर्ता भएका छन् । यो संख्या चालु आर्थिक वर्षको पुस महिनादेखि फागुन मसान्तसम्मको भएको विभागले जनाएको छ  । 

विभागका अनुसार उजुरी परेका मध्ये ४ वटा सहकारीको उजुरी मिलापत्रको क्रममा रहेका छन् भने १४ वटा सहकारी विरुद्ध प्रहरीमा उजुरी पठाइएको छ ।  विभागका अनुसार यस अवधिमा करिब ४ करोड ९० लाख रुपैयाँ बराबरको माग दावी गर्दै १८ वटा सहकारी विरुद्ध उजुरी दिएका हुन् । विभागमा १८ वटा उजुरी आएको भएपनि ४ वटा उजुरी भने बचत रकम फिर्ता गर्नका लागि सम्बन्धित संस्थालाई पत्र पठाएको सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले बताए । 

उजुरी परेका संस्थाहरुमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्था, आधारभुत बहुउद्देश्यीय सहकारी संस्था र अन्य सबै बचत तथा ऋण सहकारी संस्था रहेका छन् । हालसम्म उजुरी परेका संस्थाहरुमा मनसुन बचत तथा ऋण सहकारी संस्था, मुस्किलमा सजिलो सहकारी, हलमार्क, सामाजिक बचत तथा ऋण सहकारी संस्था, गृह शान्ति सहकारी, सर्वश्री, जनमत सहकारी, अस्मोसिस, कान्ति, जुझारु, लक्ष्मीबास, संघर्ष र द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था आदि हुन् । 

यस अघि विभागमा ६ वर्षको अवधिमा ५० वटा सहकारी विरुद्ध ठगीको उजुरी दर्ता भएका थिए । उक्त अवधिमा परेका उजुरीमा १९ वटा मिलापत्रमा गएका थिए भने बाँकी ३१ वटा उजुरी प्रहरीकोमा पठाइएको विभागले जनाएको छ  ।  विभागका अनुसार यस अवधिमा १ हजार ४०१ जना सदस्यहरुले ७४ करोड ४३ लाख ९५ हजार ८३७ रुपैयाँ बराबरको माग दावी गर्दै ३१ वटा सहकारी संस्था विरुद्ध उजुरी हालेका थिए ।

विभागका अनुसार हाल काठमाडौं महानगरपालिका भित्र १६ सय सेभिङ एण्ड क्रेडिट सहकारी संस्था सञ्चालनमा रहेका छन् । यससँगै बहुउद्देश्यीय सरकारी संस्थाहरु ५ सयको हाराहारीमा रहेका छन् । उक्त सेभिङ एण्ड क्रेडिट सहकारीमध्ये १४ वटा सहकारीहरु मर्जरमा गराएको उनले जानकारी दिए । 

3535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका