जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • नाडाको अध्यक्षका उम्मेद्वार धुव्र थापाले गरे प्यानल घोषणा

नाडाको अध्यक्षका उम्मेद्वार धुव्र थापाले गरे प्यानल घोषणा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को चुनावका लागि धुव्र थापाले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।
थापाले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी निर्वाचनका लागि प्यानल घोषणा गरेका हुन् ।

अध्यक्षका उम्मेदवार थापाले प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोली निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने मुद्दा अगाडि सारेका छन् ।

साथै, आगामी दिनमा नाडाको आफ्नै भवनमा काम गर्ने वातावरण सिर्जना गर्न भवन निर्माणको पहल कमदी चाल्नुका साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निर्माणको कार्य समेत अघि बढाउने थापाको भनाइ छ । उनले सामाजिक उत्तरदायित्व बिस्तार गर्ने जस्ता प्रतिबद्धता पनि घोषणा गरेका छन् ।

उनको समूहमा यमुना श्रेष्ठ, आकाश गोल्छा, अमर ज्योति रञ्जित, बीएन पाठक, दीपक कुमार अग्रवाल, दीपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायण पौडेल (राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सकुन कंसकार, सञ्जय कुमार खेतान र शुभाशिष थपलिया छन्  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका