जोडिनुहोस
आइतवार, फाल्गुन ४, २०८१
आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३८ औं साधारण सभा डाकेको हो । बैठकले उक्त सभा आगामी फागुन १५ गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

सभामा साधारण सभाको निर्णयमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने र

बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन सक्नेछन् ।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका