जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेपाल बैंकले गर्यो मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपाल बैंकले गर्यो मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले  मधेस प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ २४ गते देखि २६ गते सम्म धनकुटाको भेडेटारमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरु समेत गरि ४५ जनाको सहभागिता रहेको थियो । 

प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढि हुने जनाएको छ । 

साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्यक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै  क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको  बिचार व्यक्त गरेका थिए । 

सम्पूर्ण नेपालीहरुमा सरल,सहज र आधुनिक बैंकिङ् सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको बिश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरु सदा उर्जाशिल भई अगाडि बढिरहने विश्वास समेत उनले व्यक्त गरे ।

कार्यक्रममा बैंकका  सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मधेस प्रदेश प्रमुख शिवराम मीश्र, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी, कृषि कर्जा डिभिजन प्रमुख श्री बालकृष्ण चौलागाईं लगायतको सहभागिता रहेको थियो ।

3305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका