जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गाडी किन्न महालक्ष्मी विकास बैंकले ३ करोडसम्म ऋण दिने

गाडी किन्न महालक्ष्मी विकास बैंकले ३ करोडसम्म ऋण दिने

महालक्ष्मी विकास बैंकले सवारी खरिदका लागि सहज र सुलभ तरिकाले कर्जा उपलब्ध गराउने भएको छ । बैंकले विद्युतीय गाडी तथा पेट्रोलबाट चल्ने सवारी खरिदमा ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने भएको हो ।

गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट उचित ब्याजदर र अवधिमा कर्जा सेवा उपलब्ध गरेको भएको छ ।

बैंकले विद्युतीय गाडी खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन दिने भएको छ । तर, यसको अवधि भने ३ वर्ष र अधिकतम ५ वर्षको हुने बैंकले जनाएको छ ।

विद्युतीय गाडी खरिदमा प्रदान गर्ने कर्जाको ब्याजदर भने १२.९९ प्रतिशत निर्धारण गरेको छ । त्यसमा प्रशासनिक शुल्कमा कुल ऋणको १ प्रतिशत र ०.२५ प्रतिशत छुट समेत पाइने बैंकले जनाएको छ । पछिल्लो समय विद्युतीय गाडी प्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । आम मानिसको विद्युतीय गाडी चढ्ने सपना पुरा गर्नका लागि नै सहज र सुलभ ढंगले कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

यस्तै, विद्युतीय बाहेकको सवारी खरिदमा पनि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । कर्जाको अवधिमा ३ वर्षसम्म हुने छ । तर, अधिकतम ८ वर्षसम्म निर्धारण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार पेट्रोलियम गाडीको कर्जामा पनि १२.९९ प्रतिशत ब्याज तोकिएको छ ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?