जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

4610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका