जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • रिलायबल लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,आइपीओ निष्काशनको प्रस्ताव पारित

रिलायबल लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,आइपीओ निष्काशनको प्रस्ताव पारित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मिति समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरुमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारित गरेको छ । हालको लेखापरीक्षकलाई नै पुनः नियुक्ति यर्ने योग्य भएको कम्पनीले जनाएको छ । संचालक नियुक्तिको अनुमोदन गरेको बताएको छ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारण शेयर ३० प्रतिशत अर्थात १ अर्ब २० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।

4095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?