जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • एनआईसी एसिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

एनआईसी एसिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट पाउने भएका ५न्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बुद्ध एयरसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरका निर्देशक रुपेश जोशी हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम आफ्ना ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा र विमानस्थल काउन्टरबाट टिकट खरिद
गर्दा छुट पाउने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

छुट पाउनका लागि बैंकका ग्राहकले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। ग्राहकलाई चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुगोस् भनेर छुट उपलब्ध गराउन सम्झौता गरेको बैंकले जनाएको छ।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका