जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा दुई हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई  सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बैंकले जनाएको छ ।

1950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका