जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सुदीप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएसन गठन

सुदीप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएसन गठन

डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएसन गठन भएको छ। शुक्रवार काठमाडौंमा आयोजित डिजिटल टिभी अपरेटरहरुको भेलाले आचार्यको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो।

‘डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपाल’को नामबाट छाता संगठनमार्फत अपरेटर तथा उपभोक्ताहरुको हकहित संरक्षण गर्ने उदेश्य लिइएको अध्यक्ष आचार्यले बताए।

तदर्थ समिति सदस्यमा दिनेश सुवेदी (म्याक्स टिभी), प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद तिमिल्सिना (ब्रोड टिभी), निरज राजभण्डारी (नेट टिभी), रविन सुवेदी (प्रभु टिभी) र अमित थापा (क्लियर टिभी) रहेका छन्।

भारतीय विभिन्न न्यूज च्यानलहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको वारेमा कपोलकल्पित र भ्रामक सामाग्री प्रसारण गरेपछि सबै डिजिटल टिभी अपरेटरहरुले चार वटा भारतीय न्युज च्यानल अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको आचार्यले बताए।

भारतीय समाचार च्यानल आजतक, एविपी न्यूज, जी न्यूज र इन्डिया टिभी च्यानललाई नेपालमा हेर्न नमिल्ने बनाइएको हो। भारतीय न्युज च्यानल उपभोक्ताको आग्रहमा सरकारसँग छलफल गरेर बन्द गरिएको अध्यक्ष आचार्यले बताए।

केबल अपरेटरहरु मार्फत पनि विदेशी च्यानल बन्द गराउन सकिने भएपनि धेरै संख्यामा रहेका केबल अपरेटरहरु भन्दा, थोरै संख्यामा रहेका नेपालमा डाउनलिङ्क लिएका डिजिटल अपरेटरहरुमार्फत छिटो र सहज रुपमा विदेशी च्यानल बन्द गर्न सकिने उनले बताए।

5925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका