जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अब २१ दिनभित्रै ब्रोकर शाखा अनुमति दिने तयारीमा छौंः अध्यक्ष हमाल

अब २१ दिनभित्रै ब्रोकर शाखा अनुमति दिने तयारीमा छौंः अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा जोड दिएका छन् । शुक्रबार एकट ब्रोकर एशोसियशन अफ नेपालको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पुँजीबजार विकासका लागि प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नयाँ एक्सचेञ्जको अनिवार्यता औंल्याएका हुन् ।

उनले भने, ‘राम्रो प्रतिस्पर्धा हुने हो भने बजार अटो मोडमा जान्छ । बजारमा पारदर्शीता र प्रतिस्पर्धी वातावरण बनाउने हो भने रियल सेक्टर पनि पुँजीबजारमा आउँछन् ।’

शाखा विस्तारका लागि समिति बनाएर काम गरिसकएको र २१ दिन भित्रमा नै अनुमोदित हुनेगरी तयारी भइरहेको उनले जानकारी दिए । लगानीकर्ताको समस्याबारे आफूले राष्ट्र बैंकलाई जानकारी दिने र हालका सबै समस्या समाधान आफू लाग्नुपर्ने आश्वासन समेत सो अवसरमा लगानीकर्ताहरुलाई दिएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बजारको दिगोपनाको लागि साक्षरता कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । आफू ब्रोकरहरुसँग मिलेर पुँजीबजार सम्बन्धी साक्षरतामा सहभागी बन्ने आश्वासन समेत उनले दिएका छन् ।

कार्यक्रममा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुल्सीराम ढकालले लगानीकर्ताहरुले पुँजीबजारबारे शिक्षा पाएका छन् की छैनन् भन्ने विषयमा ब्रोकरहरुले ध्यान दिनुपर्ने बताए । देशका सबै प्रदेशमा लगानीकर्ता सचेतना कार्यक्रमको आवश्यकता रहेकोमा उनले जोड दिएका थिए ।

3870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका