जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारदेखि नयाँ साइट

नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारदेखि नयाँ साइट

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुरानो वेबसाइट गरेको छ। नयाँ साइट सञ्चालनमा ल्याएकाले पुरानो बन्द गरेको हो।

नयाँ सविधासहितको नयाँ साइट नेप्सेले सञ्चालन परीक्षण गरिरहेको थियो। पुरानो बन्द गरेको र आउँदो आइतबारदेखि नयाँ वेबसाइट पूर्ण क्षमतामा संचालनमा ल्याउने नेप्सेले जनाएको छ।

नयाँ साइटमा तथ्यांकहरु सहज तरिकाले भिजिटरले हेर्न सक्ने जनाइएको छ।

‘हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट यही कात्तिक २७ आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागिएको छ’ नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले भने।

तसर्थ अब पुरानो साइटमा कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने उनले बताए। नेप्सेको नयाँ साइट गत वर्षदेखि नै परीक्षणमा थियो।

4175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका