जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भव्य रुपमा मनायो गरिमा विकास बैंकले वार्षिकोत्सव, क्रेडिट कार्डको शुभारम्भ

भव्य रुपमा मनायो गरिमा विकास बैंकले वार्षिकोत्सव, क्रेडिट कार्डको शुभारम्भ

गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको छ । बैंकले १६औं बार्षिकोत्सवको अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्नो वार्षिकनेत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

बैंकले १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको अवसरमा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी , नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ।

बैंकले विगत वर्ष जस्तै यस वर्ष पनि वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके, बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरिएको र जम्मा ६१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?