जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • जीवन बीमक संघमा नयाँ नेतृत्त्व चयन हुँदै, अध्यक्षमा पोषकराज पौडेल पक्का

जीवन बीमक संघमा नयाँ नेतृत्त्व चयन हुँदै, अध्यक्षमा पोषकराज पौडेल पक्का

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल जीवन बीमक संघ नेपालको अध्यक्ष बन्ने भएका छन्। जीवन बीमक संघको हिजो बसेको कार्यसमितिको पुर्वतयारी बैठकले संघका उपाध्यक्ष समेत रहेका पौडेललाई अध्यक्ष बनाउने बिषयमा सहमति गरेको हो।

सामान्यतया उपाध्यक्ष रहेका व्यक्तिलाई नै अध्यक्ष बनाउने अभ्यास अनुसार नै पौडेललाई नै अध्यक्ष बनाउने कुरामा सहमति जुटेको कार्यसमिति एक सदस्यले बताए। भोलि काठमान्डूमा हुने जीवन बीमक संघको तेस्रो बार्षिक साधारणसभाले संघको अध्यक्षमा पौडेललाई अनुमोदन गर्नेछ। पौडेल सिटिजन लाइफको सीइओ हुनु अगाडी मेट लाइफमा डेपुटी सीइओ थिए।

अहिले मेट लाईफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय प्रमुख निर्मलकाजी श्रेष्ठ संघको अध्यक्ष रहेका छन्। जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो। भने सिटिजन लाइफका पोडेललाइ उपाध्यक्ष चयन गरेको थियो।

जीवन बीमा कम्पनीहरुको साझा हितमा काम गर्ने उद्देश्यले दुई बर्ष अगाडी जीवन बीमक संघ नेपालको स्थापना भएको हो। शिवनाथ पाण्डे संघका संस्थापक अध्यक्ष हुन्। संघले जीवन बीमा कम्पनीहरुको स्वनियमनको लागि आचार संहिताको मस्यौदामाथि छलफल चलाइरहेको छ ।

3915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?