जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकको चौराहा शाखा सञ्चालनमा

नेपाल बैंकको चौराहा शाखा सञ्चालनमा

नेपाल बैंकका लूम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बूटवल उपमहानगरपालिका वडा नं. ९ स्थित राजमार्ग चौराहामा शुक्रबारदेखि नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल बैक संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिकानगर प्रमुख खेलराज पाण्डेयले संयूक्त रुपमा उक्तशाखाको उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिष्पर्धात्मक बैंकिङ बजारमा चूस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखाविस्तारलाई जोड दिएको कूरा अध्यक्ष ज्ञवालीले बताए ।

नगर प्रमूख खेलराजपाडेले नाफामात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा जोड दिए । उक्तकार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बोल्दै शाखा विस्तारले बुटवलको विकासको निम्ति नेपाल बैंकको भूमिका समेत बढाउन सहयोग पूग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पुनः देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयुक्तहुने कुरा बताए ।

कार्यक्रममा नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शीलकुमार नेपाल, नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे,नेपाल चेम्बर अफकमर्श बुटवलका महासचिव जे.पि कडेल, बुटवल बहुमुखी क्यापसका क्याम्पस प्रमूख डा. खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका