जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • इसेवा मनी ट्रान्स्फरको युएई लक्षित ‘मेरो डिजिटल देश’ स्किम,

इसेवा मनी ट्रान्स्फरको युएई लक्षित ‘मेरो डिजिटल देश’ स्किम,

युएईमा रहेका नेपालीहरुलाई औपचारिक तथा डिजिटल माध्यमबाट पैसा पठाउन प्रोत्साहन गर्नेगरी इसेवा मनी ट्रान्स्फर र लुलु एक्सचेन्जले ‘मेरो डिजिटल देश’ अभियान थालेका हुन्।  इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जले मेरो डिजिटल देश नामक संयुक्त अभियानमा सहभागी हुन युएई पुगेका छन्।

उक्त अवसरमा आयोजना गरिएको छलफलमा सरोकारवालाहरुले क्रस बोर्डर रेमिटेन्स इकोसिस्टमका साथै अवैध रुपमा रेमिटेन्स पठाउने प्रवृत्तिलाई निरुत्साहन कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो।

इसेवा मनी ट्रान्स्फरको मेरो डिजिटल देश नामक ६ महिने अभियान मार्च २०२३ मा सकिँदैछ। युएईमा रहेका नेपालीहरु जसले नेपालमा रहेको आफ्नो बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँछन् उनीहरु उक्त अभियानमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।

६ महिनासम्म हरेक महिना एक जना ग्राहकले आकर्षक पुरस्कार पाउनुका साथै अभियान अवधिभर अर्का एक जना ग्राहकले काठमाडौं उपत्यकामा उपहार स्वरुप एउटा घर पाउने कम्पनीले जनाएको छ।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका