जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अदालतको फैसलामा अख्तियार असन्तुष्ट

अदालतको फैसलामा अख्तियार असन्तुष्ट

विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका १३ जना विरुद्धको मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतको ढोका ढकढक्याएको हो । उक्त मुद्दा यहि मंसिर महिनाको सुरुदेखि हालसम्म पुनरावेदन गराएको संख्या हो ।

आयोगले यहि महिनाको पहिलो दिन अर्थात मंसिर १ गते विभिन्न मितिमा फैसला भएका पाँच जना विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गराएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोप लागेका सुरेश ठाकुर हजाम, सामाजिक सुरक्षा भत्ता रकम खाई भ्रष्टाचार गरेका प्रदिन कुरमा ठाकुर र राजकुमार महरा, घुससहित पक्राउ परेका विजय राना र अनिल कुमार झाविरुद्धको मुद्दा आयोगले पुनरावेदन गराएको हो ।

अख्तियारले यहि मंसिर ६ गते आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विभिन्न मितिमा फैसला भएका मध्ये घुसररिसवत सम्बन्धी २ वटा मुद्दाहरुमा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस÷रिसवत र भ्रष्टाचारका विषयमा रमेश ढकाल, कृष्णप्रसाद जैशी र किशोर कुमार मोक्तानको मुद्दामा भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो ।

त्यस्तै, मंसिर २६ गते आयोगले विभिन्न मितिमा फैसला भएका दुई जना विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गराएको छ । राजस्व रकम बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोप लागेका भगवान बहादुर भट्टराई र नक्कली बैंक ग्यारेण्टी पेश गरि भ्रष्टाचार आरोप लागेका लालु गिरीविरुद्धको मुद्दा आयोगले पुनरावेदन गराएको हो ।

त्यसैगरि, यहि मंसिर १९ गते विशेष अदालत काठमाडौंबाट फैसला भएका चार वटा मुद्दाको चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको छ । आयोगले विभिन्न मितिमा फैसला भएका चार वटा घुस तथा रिसवत सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो ।

घुससहित पक्राउ परेका खेमराज चौधरी विरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा आयोगले दिएको प्रमाणलाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ले भन्दै गत असार ९ गते सफाईसहितको फैसला सुनाएको थियो । चौधरी आफैले घुस लिएको स्वीकार गर्दा पनि अदालतले सफाई दिएको भन्दै उनको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

आयोगले घुस सम्बन्धी नै अरु तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गराएको छ । ९६ हजार रुपैयाँ घुस सहित पक्राउ परेका हुकुम बहादुर ओली, शंकर महतो, हरिचन्दर ठाकुर र अरुण कुमार यादव विरुद्धको मुद्दा पनि सर्वोच्च अदालतमा पुनरावेदन गराइएको आयोगले जनाएको छ ।

यी मुद्दाहरुमा विशेष अदालतले पर्याप्त प्रमाण हुँदाहुँदै आरोपीलाई सफाई दिएको भन्दै आयोगले असन्तुष्ट जनाएको छ । घुससहित रंगेहात पक्राउ परेका यी चार जनाको नमुना परिक्षणमा मुचुल्कामा खानतलासी बरामदी मुचुल्का एवम् रकम बरामद भएको भनि गरेको सनाखत समेतबाट पर्याप्त प्रमाण हटाइएको समेत आयोगको आरोप छ ।

उजुरीकर्ता र मौकामा कागज गर्ने व्यक्तिहरुले अदालतमा आरोप मागदावीको व्यहोरालाई समर्थन हुनेगरी बकपत्र गरेको, बार्गेनिङको अडियो रेकर्डलाई समेत बेवास्ता गर्दै आरोपीलाई विशेष अदालतले सफाई दिएको आयोगको आरोप छ । यी चार मुद्दाहरु विशेष अदालतले गत बैशाख र जेठ महिनामा फैसला सुनाएको थियो ।

 

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?